NEPALI

म पोल्यान्डको वारसोमा एक पेशेवर राष्ट्रिय लाईसेन्स प्राप्त पर्यटक गाईड हुँ। मलाई पोलिस र अंग्रेजी भाषामा मेरो पेशा अनुरुप अभ्यास गर्न अनुमति छ। म वारसोका उत्साहिहरुलाई एकिकृत गर्ने संस्था Polish Tourist and Sightseeing Society र Student Tourist Guide Association को सदस्य पनि हुँ। त्यसैगरी, Association of Friends of Warsaw मा पनि सक्रिय सदस्यको रुपमा आबध्द छु।

म वारसोमा अवस्थित Royal Castle नामक संस्थाबाट प्रमाणित पर्यटक गाईड हुँ र यसै संस्थाले जारी गर्ने recommended tourist guides को रजिस्टरमा पनि सुचिबध्द छु।

वारसो प्रति मेरो गहिरो अनुराग रहेको कुरा „The Traveller’s Shop” प्रकाशन गृहले प्रकाशन गर्न लागेको Warsaw Guide Book मा मेरो महत्वपुर्ण योगदान रहेको कुराले प्रतिबिम्बित हुन्छ।

शैक्षिक योग्यताले म पर्यटन बिशेष भुगोलबिद हुँ। म एक पर्यटक भ्रमण एजेन्सीमा आबध्द छु, जसमा पोल्यान्ड भ्रमणमा आउने बिदेशी पर्यटकहरुमा केन्द्रित भएर काम गरेकी छु। मसँग ग्राहक अनुकुल सेवा प्रदान गर्ने अनुभव छ, र मेरो सेवाबाट साना बच्चा देखी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलनमा पाल्नुहुने सहभागीहरु पनि सन्तुष्ट हुनुहुन्छ।

त्यसैगरी, म वारसो शहर सभाको सदस्य पनि हुँ। म आफ्नो फुर्सदको समयमा वारसोका नागरिकहरुलाई आफ्नै जिल्लाका खास धेरै जानकारी नभएका बिभिन्न स्थानहरु पुग्न र जानकारी दिन सहयोग गर्दछु।

वारसोका रोचक कहानिहरु अंग्रेजीमा सुनाउदै तपाईलाई वारसोका रोचक स्थानहरु अवलोकन भ्रमणमा लिएर जान पाउनु मलाई धेरै खुशी मिल्नेछ। तपाईलाई भ्रमणको मुख्य बिषयमा कुनै पनि बिशेष ईच्छा छ भने, म तपाईसम्म पुगी सेवा प्रदान गर्न खुसीसाथ सदा तत्पर रहनेछु ।

मलाई सम्पर्क गर्नको लागी, कृपया ई-मेल गर्नुहोस् :

अथवा कल गर्नुहोस : +48 512-52-77-52

आशा छ वारसोमा हाम्रो भेट हुनेछ!